नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।
नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) सिन्धुली निर्वाचन क्षेत्र नं २ मा विजयी भएका छन् । उनले एमालेका उम्मेदवार मनोजजङ्ग थापालाई पराजित गर्दै विजयी भएका हुन् ।
दाहालले २७ हजार ५१७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार थापाले २१ हजार ६८७ मत प्राप्त गरेका छन् । दाहालले थापालाई ५ हजार ८३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहालले १ हजार ५५३ मत प्राप्त गर्दा राप्रपाका भीष्मराज श्रेष्ठ १ हजार ३४० मत प्राप्त गरेक छन् ।