नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।
नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई ताप्लेजुङबाट निर्वाचित भएका छन् । भट्टराईले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ लाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
भट्टराईले २१ हजार ९४३ मत प्राप्तगर्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका बुढा क्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेका हुन् । भट्टराई र बुढाक्षेत्रीबीचको मतान्तर २०८ रहेको छ ।
भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । उनी २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।