नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।
कञ्चनपुर क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका नरबहादुर धामीलाई पराजित गर्दै साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
साउदले २८ हजार १००मत प्राप्त गर्दा उनका निकतम प्रतिद्वन्दी एमालेका धामीले २१ हजार ६४५ मत पाएका छन् । साउद र धामीबीच ६ हजार ४५५ मतान्तर रहेको छ ।
उक्त क्षेत्रमा १ लाख ५ हजार ५७७ मतदाता रहेकोमा ६४ हजार ७५२ मत खसेको थियो भने ४ हजार ९२० मत बदर भएको छ ।