झापा १ मा विश्वप्रकाश शर्मासँग पराजित भए एमालेका अग्नि खरेल ? कसको कति मत ?

झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई १४ हजार २७५ मतले पछि पार्दै शर्मा विजयी भएका हुन् ।

शर्माले ३९ हजार ६२४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गरे ।



शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन् भने खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन् ।

सम्बन्धित समाचार