नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।प्रचण्ड दोब्बर मतान्तरले विजयी भएका हुन् ।
अध्यक्ष दाहालले २६ हजार १०३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटी १२ हजार छ सय ३७ मत प्राप्त गरेका छन् । प्रचण्ड र बुर्लाकोटीबीच १३ हजार ४६६ मतान्तर राहेको छ ।
त्यस्तै नेकपा एमालेका ७ हजार ३९३ मत ल्याउदै तेस्रो स्थानमा रहे । गोरखा क्षेत्र नम्बर २ मा कूल ५३ हजार नौ सय ७८ मत खसेको थियो ।