कांग्रेसका अधिकारीलाई भारी मतान्तरले पराजित गर्दै झापा- ५ बाट ओली विजयी, यस्तो छ मतपरिणाम

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

ओलीले ५२ हजार ३१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७४१ मत प्राप्त गरे । ओलीले गठबन्धन अन्तर्गत कांग्रेसका अधिकारीलाई २८ हजार ५७४ मतान्तरले पराजित गरेका हुन् ।



त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ७४९ मत प्राप्त गरे । ओलीको यो संसदीय निर्वाचनमा छैटौं पटकको जित हो ।

 

सम्बन्धित समाचार