कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै झापा-३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी, कसले कति मत पाए ?

झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै लिङ्देन विजयी भएका हुन् ।

अध्यक्ष लिङ्देनले ४० हजार ६६२ मतप्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका छन् ।



झापा क्षेत्र नं ३ मा अध्यक्ष लिङ्देन दोस्रो पटक विजयी भएका हुन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबिच नै प्रतिस्पर्धा भएको र लिङ्देन विजयी भएका थिए ।

झापा क्षेत्र नं ३ मा एक लाख ३१ हजार चार सय ३२ मतदाता रहेकामा ६८ दशमलव दुई प्रतिशत अर्थात् ८९ हजार छ सय ३७ मत खसेको थियो । झापा क्षेत्र नं ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र प्रदेशसभा (२) मा नेकपा (एमाले)का छविलाल चुँडाल प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

सम्बन्धित समाचार