नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।
नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा निर्वाचित भएका छन् । चौधरील जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।
सत्ता गठबन्धनको समर्थन पाएका चौधरीले २९ हजार ४९५ मत प्राप्त गर्दा त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् । चौधरी र त्रिपाठीबीच ७ हजार १८७ को मतान्तर रहेको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मतका साथ तेस्रो स्थानमा रहे ।