जसपाका महतो सिरहा-४ बाट निर्वाचित

जनता समाजवादी पार्टीका उम्‍मेदवार वीरेन्द्र प्रसाद महतो सिरहा-४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई पराजित गर्दै महतो निर्वाचित भएका हुन् ।

महतोले २४ हजार १०२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका साहले १६ हजार २९४ मत प्राप्त गरेका छन् । महतो र साहबीचको मतान्तर ७ हजार ८०८ रहेको छ ।



त्यस्ता नेकपा एकीकृत समाजवादी पार्टीका धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मत ल्याएका छन् ।

सम्बन्धित समाचार