रवि लामिछानेको भावपूर्ण स्टाटस् : राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन

चितवन २ बाट निर्वाचित भएपश्चात रवि लामिछानेले एउटा भावपूर्ण र मननीय स्टाटस् लेखेका छन् । उनले आफ्नो फेसबुक वालमा लेखेका छन्– ‘राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन । यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्षपछि मात्र आउँछ । म जनतालाई जिताउने जाँच दिन जाँदैछु त्यसैले म अहिले नै विजय ‍र्याली गर्न चाहन्न ।’

उनले अगाडि भनेका छन्– ‘एउटा अनुरोध, कृपया त्यहाँ (भेलामा) आउँदा मेरा लागि फूलमाला, अबिर, खादा केही पनि नल्याउनु होला । म आजबाटै काम थाल्दैछु । मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन् । एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ । त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला । अर्को बाकसमा ‘उजुरी, समस्या, सुझाव पेटिका’ लेखिएको हुनेछ । त्यसमा, भ्रष्टाचारीका सुचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला । माला अबिर, खादामा हामीले गरेको खर्च प्रायः सबै विदेश जान्छ । केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङ्गो फूल भए मलाई पुग्छ ।’



चुनाव जितेपछि परम्परागत रूपमा गरिने अनावश्यक तडक भडकका सन्दर्भमा यो एउटा मननीय र उदाहरणीय अभिव्यक्ति हो । उनले लेखेका प्रत्येक वाक्यहरू ओजपूर्ण छन् । उनले पोखेको भावना अनुसार सवै जनप्रतिनिधिहरूबाट काम हुने हो भने आउने पाँच वर्षमा मुलुकमा जनताले प्रत्यक्ष अनुभूति गर्ने किसिमले नै काम हुनेमा आशावादी हुन सकिन्छ ।

स्टाटस्

सम्बन्धित समाचार