एमालेका प्रदीप ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका चन्द्र भण्डारी विजयी, कसले कति मत ल्याए ?

गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।

भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार एक सय ५२ मत प्राप्त गरे । भण्डारी र ज्ञवालीबीचको मतान्तर १ हजार ५९२ रहेको छ ।



आज दिउँसो १ बजे सकिएको मतगणनापछि भण्डारीको विजयी घोषणा गरिएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यो विजयसँगे कांग्रेसका भण्डारी दुई पटक सांसद बनेका छन् ।

सम्बन्धित समाचार