आज कति कोरोना संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १ हजर ३८१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८७१ जनाको पीसीआर परीक्षण गर्दा १० जना र ५१० जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि कोरोना पुष्टि भएको छैन ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८८ हजार ५२९ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३२७ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख ८७५ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार २०४ जना पुगेको छ ।

सम्बन्धित समाचार