नवकान्तिपुर संवाददाता
काठमाडौं, १० मंसिर ।
चुनाव जित्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् ।
चुनावी परिणाम् घोषणा भए लगत्तै यति चाँडै चुनावी खर्च विवरण सार्वजनिक गर्ने लामिछाने सम्भवतः पहिलो उम्मेदवार हुन् ।