प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ काङ्ग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा

हालसम्ममा प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ सदस्यहरूमध्ये १५६ सिटको अन्तिम परिणाम् सार्वजनिक भइसकेको छ ।

सार्वजनिक परिणाम् अनुसार नेपाली काङ्ग्रेसले सबभन्दा बढी ५३ सिट जितेर पहिलो बनेको छ भने नेकपा एमाले ४१ सिटसहित दोस्रो स्थानमा छ । त्यस्तै माओवादी केन्द्रले १७ सिटसहित तेस्रो र नेकपा एकीकृत समाजवादी १० सिटसहित चौथो स्थानमा रहेका छन् ।



त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिटमा, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिटमा, जनता समाजवादी पार्टीले ६ सिटमा, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिटमा तथा नागरिक उन्मुक्ति पार्टीले ३ सिटमा जित निकालेका छन् ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिटमा जित हासिल गरेका छन् भने स्वतन्त्रहरू ५ सिटमा विजयी भएका छन् ।

सम्बन्धित समाचार