चाहना व्यक्त गरेरमात्र प्रधानमन्त्री हुने हैन : डा. कोइराला

नेपाली काङ्ग्रेसक नेता डा.शेखर कोइरालाले गगन थापाको अभिव्यक्तिलाई लक्षित गर्दै ‘बाहिर हल्ला गरेर र प्रधानमन्त्री हुने चाहना व्यक्त गरेर मात्रै प्रधानमन्त्री हुने हैन, संसदमा बहुमत पुर्याउनुपर्छ’ भनेका छन् । विराटनगरमा विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले उक्त कुरा भनेका हुन् ।

कोइरालाले हाल कायम रहेको गठबन्धनले निर्वाचनपछि पनि निरन्तरता पाउने र नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएकाले काङ्ग्रेसकै नेतृत्वमा सरकार बन्ने पनि बताएका छन् ।



डा. कोइरालाले नेपाली काङ्ग्रेसमा प्रधान्मन्त्री को हुने भन्ने विषय संसदीय दलको निर्वाचनपछि मात्रै थाहा हुने पनि स्पष्ट पारे । उनले भने ‘संसदीय दलभित्र जसले बहुमत पुर्याउन सक्छ, उही नेपाली काङ्ग्रेसको संसदीय दलको नेता र प्रधानमन्त्री पनि हुने हो ।’

पत्रकारहरूले डा.कोइरालालाई सोधेको ‘तपाई पनि प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ कि’ भन्ने प्रश्नमा उनले ‘यो संसदको अङ्कगणितमा निर्भर रहने भएकाले काठमाडौं पुगेपछि सभापति र अन्य नेताहरूसँग छलफल गरेरमात्रै जवाफ दिने’ बताए ।

 

सम्बन्धित समाचार