सुनसरी–४ मा मन्त्री कार्की विजयी

सुनसरीको क्षेत्र नं. ४ बाट नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजय भएका छन् । उनी ११२ को मतान्तरले विजय भएका हुन् ।

कार्कीले ३० हजार ४८३ मत ल्याएर विजय भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत पाएका छन् ।



कार्कीको जितसँगै नेपाली काङ्ग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फको जम्मा ५५ सिटमा जित हासिल गरेको छ ।

 

 

सम्बन्धित समाचार