राष्ट्रपति भण्डारी र मन्त्री कार्कीबीच भेट, के भयो कुराकानी ?

राष्ट्रपति विद्यादेवी भण्डारी र सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान सञ्चारमन्त्री कार्की राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।

भेटवार्तामा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । झण्डै ४५ मिनेट भएको कुराकानीमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे राष्ट्रपतिले चासो राखेको राष्ट्रपति कार्यालयको स्रोतले जनाएको छ ।



राष्ट्रपति भण्डारी र मन्त्री कार्कीको भेटलाई निकै महत्वका साथ हेरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि कार्कीले राष्ट्रपति भेट्नुलाई राजनीतिक भेटका रुपमा लिइएको छ ।

 

सम्बन्धित समाचार