यी हुन् कांग्रेसले समानुपातिक सांसदमा सिफारिस गरेको ३२ नाम (सूचीसहित)

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आज (शनिबार) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएका हुन् ।

प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसले समानुपातिकबाट ३ जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ । संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले बैठकले ३ जना पुरुषलाई मात्र पठाउने निर्णय गरेको हो ।



कांग्रेसले खसआर्यकाे पहिलो नम्बर रहेका डा.प्रकाशशरण महत, मधेसीकाे पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलितकाे पहिलो नम्बरमा रहेका जीवन परियारलाई सांसद बनाउने निर्णय गर्दा आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ, थारुको पहिलो नम्बरमा रहेका याेगेन्द्र चाैधरी, मुस्लिमकाे पहिलाे नम्बरमा रहेका फरमुल्लाह मन्सुरलाई सिफारिस गरेन ।

कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई सांसद बनाउने छ।

त्यस्तै कांग्रेसले आदिवासी जनजातिबाट सरस्वती बजिमय, लीलादेवी बाखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापा मगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ र रेनुका काउचाको नाम चयन गरेको छ । यस्तै दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन हुँदा मधेशी कोटामा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । त्यसैगरी , मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छनोट भएका छन् ।

सम्बन्धित समाचार