गोकुल बाँस्कोटाले गगन र विश्वप्रकाशले अध्यादेशविरुद्ध बोलेर राम्रो काम गरेको भनेपछि…

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको अध्यादेशविरुद्ध कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बोल्नु राम्रो कार्य गरेको बताएका छन् । मंगलबार बाँस्कोटाले एक ट्विट गर्दै यस्तो बताएका हुन् ।

उनले थापा र शर्माले अब बोलेर मात्र नभइ गरेर देखाउनुपपर्ने भन्दै उनीहरु गरेर देखाउने हैसियतमा रहेको बताएका छन् । ‘ताजा जनादेशसँगै संसद् बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकून्’ बाँस्कोटाले ट्विटमा उल्लेख गरेका छन् ।



आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो । बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

बाँस्कोटाले ट्विटरमा लेखेका छन्, ‘गगन र विश्वप्रकाशले बोले, राम्रो गरे। तर उनीहरूसँग बोल्न बाँकी अझै केही छ कि गरेर देखाउन धेरै बाँकी छरु म आशा गर्छु– उनीहरू गरेर देखाउने हैसियतमा छन्। ताजा जनादेशसँगै संसद् बैठक तयारी चल्दै गर्दा देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकून्, शुभेच्छा।’

 

सम्बन्धित समाचार