नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरद्वारा राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीबार राजिनामा दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो ।

मुख्य प्रशिक्षक प्रभाकरले बिहीबारबाटै लागू हुने गरी राजीनामा दिएको र उनको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ । यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक रहेका पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले गत साउनमा प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।



उनलाई क्यानले एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको भए पनि प्रभाकरले चार महिनामै राजीनामा दिएका हुन् । प्रभाकरको नेतृत्वमा नेपालले पछिल्लो समय खराब प्रदर्शनलाई निरन्तरता दिएको थियो ।

 

सम्बन्धित समाचार