प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया बिहीबारदेखि सुरु गरेको छ ।

समितिको बिहीबारको बैठकमा प्रस्तावित चार न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेको उजुरी खोलिएको हो ।

समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । समितिका सदस्यहरूलाई अध्ययनका लािग उजुरी वितरण गरिएको छ । शुक्रबार बिहान ९ः३० बजेदेखि उजुरीकर्तासँग छलफल गर्ने तय भएको छ ।

न्याय परिषद्ले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम सिफारिस गरेको थियो । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।(रासस)



सम्बन्धित समाचार