राजा महेन्द्रलाई यसरी सम्झिए राजेन्द्र लिङदेनले

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले स्वर्गीय राजा महेन्द्र शाहलाई सम्झिएका छन् । आज (शुक्रबार) सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै उनले स्वर्गीय राजा महेन्द्र शाहलाई सम्झिएका हुन् ।

विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको ‘कू’ गरेको दिनको अवसर पारेर लिङदेनले महेन्द्रलाई सम्झिएका हुन् । ‘मर्यो ज्यूँदै त्यो जसले बिर्सियो देशको माटो आज राजा महेन्द्रलाई सम्झने दिन हार्दिक श्रद्धाञ्जली’ लिङदेनले ट्विटरमा उल्लेख गरेका छन् ।



लिङदेनले ट्विटरमा राजा महेन्द्रको फोटो राख्दै लेखेका छन्, “मरयो ज्यूँदै त्यो,जसले बिर्स्यो देशको माटो !” ‘आज राजा महेन्द्रलाई सम्झने दिन…..हार्दिक श्रद्धाञ्जली !’

सम्बन्धित समाचार