देव गुरुङले राष्ट्रिय मुद्दाका विषयमा दलहरुबीच सम्झौता र सहमति आवश्यक रहेको भनेपछि…

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय मुद्दाको विषयमा दलहरुबीच सम्झौता र सहमति आवश्यक रहेको बताएका छन् । शुक्रबार सञ्चार डबलीमा आयोजित हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नयाँ दलको आगमनसँगै अरू दलका लागि चुनौती खडा भएकाले सबै दलले गम्भीरतापूर्वक सोच्न जरुरी रहेको बताए । गुरुङले राष्ट्रिय मुद्दाको विषयमा सम्झौता र सहमति गरी एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरे ।



महासचिव गुरुङले हुम्ला जिल्लाको समग्र आर्थिक समुन्नतिका लागि कृषि, पशुपालन, जडीबुटीको सम्भावना उच्च रहेकाले पूर्वाधारको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा (भोटे)ले दुर्गम जिल्ला हुम्लामा लुकेका पर्यटकीय गन्तव्यलाई पहिचान गरी पशुपालन, जडीबुटी लगायत जिल्लाको समग्र विकासका लागि जिम्मेवारी बहन गर्नेमा प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार