आयोगद्वारा समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रणापत्र प्रदान गरेको छ । आज (आइतबार) निर्वाचन आयोगमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभाको समानुपातिकतर्फ नवनिर्वाचित सांसदलाई निर्वाचित भएको प्रणापत्र प्रदान गरिएको हो ।

निर्वाचन प्रणालीतर्फका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव गोकर्णमणि दुवाडीले निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेका हुन् । त्यस्तै समानुपातिकतर्फका नवनिर्वाचित सांसदलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बधाई ज्ञापन गरेका थिए । ।



मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका छन् । जसमा सबैभन्दा बढी नेकपा (एमाले) बाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा (माओवादी केन्द्र)बाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७ जनता समाजवादी पार्टी नेपालबाट ५ र जनमत पार्टीबाट ५ जना निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार