नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । आज(सोमबार) बसेको दलको बैठकले पार्टी अध्यक्ष समेत रहेका लामिछाने दलको नेता चयन भएका हुन् ।
पार्टी प्रवक्ता मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा रवि लामिछाने चयन भएको जानकारी दिए । उनले बैठकले अध्यक्ष लामिछानेलाई दलको नेतामा गरिएको प्रस्ताव अनुमोदन भएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट गरी २० सिट जितेको छ ।