मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले पुस ३ गते आइतबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।



पुस ३ गतेको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कार्कीले संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप सर्त समावेश गर्ने निर्णय भएको बताए ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु
निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० के.भि प्रशारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय

माथिल्लो फावाखोला जलविद्युत आयोजनाका निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय

अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय

खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय

संरक्षण क्षेत्र भित्रका जलविद्युत आयोजनाका लागि थप सर्त समावेश गर्ने निर्णय

मौसमी कामदार व्यवस्थापन निर्देशिका,२०७९ स्वीकृत गर्ने निर्णय

कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृत दिने निर्णय

 

 

 

सम्बन्धित समाचार