नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ पुस ।
फ्रान्सेली फरवार्ड तथा रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमाले सामाजिक संजाल ट्विटर मार्फत आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
मंगलबार आफ्नो ३५ औं जन्मदिन मनाइरहेका बेन्जेमाले फिफा विश्वकप २०२२ मा आफ्नो टोली अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भएपछि बेन्जेमाले सन्यासको घोषणा गरेका हुन् ।
अभ्यासको क्रममा तीघ्रामा चोट लागेपछि उनी विश्वकप खेल्नबाट वञ्चित भएका थिए । सन् २००७ को मार्चमा अष्ट्रिया विरुद्ध फ्रान्सबाट डेब्यु गरेका बेन्जेमाले फ्रान्सको लागि ९७ खेल खेल्दा ३७ गोल गरेका छन् । बालन डे अवार्डबाट पुरस्कृत बेन्जेमाले नेसन्स लिग जितेसँगै फ्रान्सलाई २०२२ को विश्वकपमा सजिलै क्वालिफाइ गराएका थिए ।
ब्ल्याकमेलिङ काण्डमा फसेपछि उनी २०१६ देखि २०२१ सम्म अर्थात झन्डै ५ वर्ष प्रतिबन्धित भएको थियो । बेन्जेमाले फ्रेन्च टोलीमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा पाँचौ स्थानमा आफ्नो नाम दर्ता गराएका छन् ।