नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ पुस ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सो पार्टीको संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन् । मंगलबार प्रज्ञा भवन कमलादीमा बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको हो ।
संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई निर्विरोध चयन गरेको उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए । अध्यक्ष ओलीको प्रस्तावकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको र समर्थनमा अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङरहेका छन् ।
संसदीय दलको नेता चयन भएपछि अध्यक्ष ओलीले दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने सांसदहरुलाई जानकारी दिएका छन् । प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन् ।