नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ पुस ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । मंगलबार स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष नेपाललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
उनलाई छातीमा सङ्क्रमणका साथै रुघाखोकी लागेको थियो । अहिले उनको ज्वरो सामान्य अवस्थामा छ । छातीरोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।
पछिल्लो समय पार्टीको राजनीतिक कामले दौडधुप गरेका अध्यक्ष नेपाललाई अहिले आगन्तुकसँगको भेटघाट बन्द गरिएको छ । छातीको सङ्क्रमण न्यूनीकरण नहुँदासम्म केही दिन अस्पतालमै राखिने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।