माओवादी संसदीय दलको नेतामा प्रचण्ड

प्रमुख सचेतकमा पाण्डे

नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठकले संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले दलको प्रमुख सचेतकमा हितराज पाण्डे निर्विरोध चयन हुँदा दलको उपनेता र सचेतक भने चयन गरिएको छैन । यस्तै, राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन हुँदा प्रमुख सचेतकमा गोपीबहादुर सार्की अछामी र सचेतकमा गङ्गाकुमारी बेल्बासे पहिलेदेखि नै कार्यरत छन् ।



गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष र समानुपातिक गरी ३२ स्थानमा जित हासिल गरेका छ ।

सम्बन्धित समाचार