नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । आज (सोमबार) सोमबार सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादी केन्द्र नेतृत्वको सरकारमा तत्काल आफ्नो पार्टी नजाने बताएका हुन् ।
उनले भने ‘अहिले हामी सरकारमा जादैनौँ । सरकारलाई समर्थन मात्रै गर्छौं ।’ अहिले संसद भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक जारी रहेको छ ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदहरूको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।