विश्वप्रकाशको टिप्पणी : ‘कांग्रेस एम्बाप्पे भयो, धेरै गोल त हान्यो तर कप अर्कैले लग्यो’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको राजनीतिलाई विश्वकप फुटबलसँग तुलना गरेका छन् । आज (सोमबार)पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा बोल्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई फुटबलसँग तुलना गरेका हुन् ।

उनले भने, ‘अस्ति वर्ल्डकप भएको थियो नि । फ्रान्सका केलियन एम्बाप्पेले सर्वाधिक गोल हान्यो । मंसिर ४ को चुनावमा कांग्रेसले धेरै सिट जित्यो । तर के भयो भने एम्बाप्पेले सबभन्दा बढी गोल पनि हान्यो, गोल्डेन बुट पनि जित्यो । तर कप चाहिँ अर्कैले लग्यो ।’



त्यस्तै शर्माले आफूहरु एम्बाप्पे भएर आएको टिप्पणी गरे । उनले उनले पाँच वर्षपछि कांग्रेस उदाउने दाबी गरे। ‘अहिलेको च्याम्पियनलाई हामी ५ वर्षपछि डिफेन्डिङ च्याम्पियन बनाउँछौं । हामी विजयी हुन्छौं’ शर्माले भने ।

 

सम्बन्धित समाचार