जनमत पार्टीले पायो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अब्दुल खान मन्त्री बन्ने

जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको छ । अध्यक्ष सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा आफ्नो पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिन सहमत भएको बताए ।

आज (सोमबार)संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने सहमति भएको हो । पाटीको तर्फबाट उपाध्यक्ष अब्दुल खान मन्त्री बन्ने राउतले जानकारी दिए । अब्दुल खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।



यसअघि अध्यक्ष राउतको नेतृत्वमै सरकारमा जाने चर्चा चर्चा चलेपनि उनले अहिले आफू सरकारमा नजाने बताएका छन् । उनले भने, ‘हामीले उद्योग मन्त्रालय पाएको छौँ , हाम्रो पार्टीको तर्फबाट उपाध्यक्ष अब्दुल खान जानु हुन्छ ।’ प्रतिनिधिसभामा जनमत पार्टीले ६ सिट जितेको थियो ।

सम्बन्धित समाचार