प्रधानमन्त्री प्रचण्डले लिए शपथ, ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन (सूचीसहित)

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

दाहालले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका छन् । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।



३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

जसमा उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । यस्तै मन्त्रीहरुमा एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई रहेका छन् भने जनमत पार्टीतर्फबाट अब्दुल खान रहेका छन् । उनीहरुकोमन्त्रालय भने पछि तोकिनेछ । त्यस्तै ३ जना उपप्रधानमन्त्री र चारै जना मन्त्रीले सोमबार नै शपथ लिएका छन् ।

८ सदस्यीय मन्त्रिपरिषद गठन

शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराई, पूर्वमन्त्रीहरू तथा कूटनीतिक नियोगका प्रमुखहरूको उपस्थिति थियो ।

८ सदस्यीय मन्त्रिपरिषद गठन

सम्बन्धित समाचार