नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ पुस ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई जनहितमा काम गर्न निर्देशन दिएका छन् । आज (मंगलबार) बिहान ओलीको निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
अध्यक्ष ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ । एमालेबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा चार मन्त्रीहरु सहभागी छन् ।
जसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई रहेका छन् ।