गृह मन्त्रालयद्वारा कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन (विज्ञप्तिसहित)

गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको छ । आज (मंगलबार) गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मातहत सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको हो ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन उक्त कार्यविधि जारी गरी कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त कार्यविधिमा तोकिए अनुसारका बहालवाला तथा पूर्व कर्मचारी/सुरक्षाकर्मीले निजी सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था छ ।



विज्ञप्तिमा भनिएको छ, ‘कार्यविधिमा तोकिए अनुसारका वहालवाला तथा पूर्वकर्मचारी सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मी पाउने व्यवस्था रहेको छ । उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिसकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिन हुन सबैमा अनुरोध छ ।’

विज्ञप्ति –

विज्ञप्ति -

सम्बन्धित समाचार