नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता डा. दिनमणि पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन् । राष्ट्रपतिले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम झिमरुक गाउँपालिका–४ प्युठान निवासी पोखरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी हुन् ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार राष्ट्रपति भण्डारीसमक्ष अधिवक्ता डा. पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।
विज्ञप्ति –