सत्ता साझेदार दलको बैठकले गर्यो यस्तो निर्णय

सत्ता साझेदार दलको संयोजकमा ओली

सत्ता साझेदार दलको बैठकले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउनेबारे छलफल भएको र सत्ता साझेदार दलको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए । त्यस्तै बैठकमा मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको मन्त्री लामिछानेले जानकारी दिए । उनले न्यूनतम साझा कार्यक्रम ल्याउन ओली नेतृत्वको समितिमा सरकारमा रहेका दलहरूबाट एक-एक जना सदस्य रहने बताए ।



मन्त्री लामिछानेले ओली नेतृत्वको कार्यदलको बैठक भोलिदेखि नै हुने जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन् । गत पुस १० गते ७ दलको समर्थन जुटाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सम्बन्धित समाचार