प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। त्यस्तै भेटमा गृहमन्त्री लामिछानेले सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशबारे र सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीतिबारे समेत प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।



यस्तै शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको बारेमा पनि छलफल भएको थियो । साथै भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार