नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
उनले रणनीति मिलाएको भए गठबन्धन कायम रहने भन्दै पार्टीले रणनीति मिलाउन नसक्दा दुर्घटना भएको बताए । ‘पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो । पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने थियो’ कोइरालाले भने ।
त्यस्तै उनले गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका दाहालले खेलेको स्पष्ट पारे। उनले भने, ‘ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो ।’ कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।