राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने सरकारको निर्णय

सरकारले राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ २५ गते निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा उपनिर्वाचन माघ २५ गते निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो । रुपन्देहीबाट निर्वाचन लड्न चाहेका उनले राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए ।



भट्टराई लुम्बिनी प्रदेशबाट निर्वाचित भएका छन् । मन्त्रिपरिषद्को यस्तो निर्णयसँगै निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने एक सिटका लागि २५ माघमा निर्वाचन गर्नेछ ।

 

 

सम्बन्धित समाचार