प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष र नेसपाका अध्यक्ष भट्टराईबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको भट्टराईको सचिवालयले जनाएको छ । झन्डै १ घण्टाभएको छलफलमा दुई पार्टी एकताको प्रक्रियालाई अघि बढाउने विषयमा पनि छलफल भएको छ । त्यसतै भेटमा संसदमा प्रधानमन्त्रीको विश्वासको मतको विषयमा पनि छलफल भएको थियो ।



बागमती प्रदेश सभा सदस्य तथा नेसपाका नेता गंगा श्रेष्ठले दुई पार्टीबीचको एकता छिट्टै सम्पन्न गर्ने विषयमा छलफल भएको बताए । ‘दुई पार्टीबीचको एकता चाँडै सम्पन्न गर्ने विषयमा छलफल गरेका छौं । प्रधानमन्त्रीले माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाउनुभएको र त्यसमा एकताबारे छलफल गर्छौं भन्नुभएको छ भने हामीले नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक बोलाएका छौं । त्यसबाट एकताको विषय टुंगो लगाउने भनेका छौं ‘ श्रेष्ठले भने ।

प्रचण्ड र बाबुरामबीचको भेटवार्तामा नेसपाका अध्यक्ष बाबुराम भट्टराई नेताहरु गंगा श्रेष्ठ र विश्वदीप पाण्डे पनि सहभागी थिए । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताको लागि छलफल भएको थियो ।

 

 

 

सम्बन्धित समाचार