बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् । आज (सोमबार) बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकट्टेल नियुक्त भएका हुन् ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । जमकट्टेलले ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । जम्मकट्टेललाई माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ रहेको छ ।



११० सदस्य रहेको बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ  ।

सम्बन्धित समाचार