मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव नियुक्त भएका छन् । आज (बुधबार) मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त भएका हुन् ।

मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले ६३ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । यादवलाई एमालेका २३, जसपाका १६, जनमत १३, माओवादी केन्द्रका ७, राप्रपा १, नागरिक उन्मुक्ति पार्टी १ र स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्धप्रसाद सिंह यादवको साथ रहेको छ ।



१०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार गठनका लागि ५४ जना सांसद आवश्यक हुन्छ  । मधेश प्रदेश सभामा कुनै एक दलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको सहभागितामा सरकार गठनका लागि दाबी पेश गर्नका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २२ गते मुख्यमन्त्री सहितको सरकार गठनको लागि दाबी पेश गर्नका लागि आव्हान गरेका थिए ।

 

सम्बन्धित समाचार