बागमतीको सभामुखमा राप्रपाका पाठक र कांग्रेसका अधिकारीको उम्मेदवारी दर्ता

सत्ता गठबन्धनबाट बागमती प्रदेशको सभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवन कुमार पाठकले उम्मेदवारी दर्ता गरेका छन् । आज (बिहीबार) प्रदेशसभा सचिवालय हेटौंडामा पुगेर पाठकले सभामुख पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

एमालेका सांसद जगन्नाथ थपलियाको प्रस्ताव र माओवादी केन्द्रका युवराज दुलालको समर्थनमा पाठकले उम्मेदवारी दर्ता गरेका हुन् । उनी राप्रपाको कोटामा काठमाडौंबाट समानुपातिक सांसद चुनिएका हुन् ।



नेपाली कांग्रेसका शिवराज अधिकारी

११० सदस्यीय बागमती प्रदेशसभामा राप्रपाको १३ जना सांसद रहेका छन् भने उनलाई सत्त गठबन्धनका ५ दलहरुको समर्थन रहेको छ । पाठकलाई एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरि ७० जनाको समर्थन रहेको छ ।

त्यसैगरी बागमती प्रदेशसभाको सभामुखमा नेपाली कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् । अधिकारले कांग्रेसका सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र रामकृष्ण चित्रकारको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेमकिपाबाट सायजुले उम्मेदवारी दर्ता गराएकी छिन् । सायजुको प्रस्तावकमा नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ र समर्थकमा गीता काफ्ले रहेका छन् ।

सम्बन्धित समाचार