नवकान्तिपुर संवाददाता
काठमाडौं, १ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । पोखरामा यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भए लगतै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले दिउँसो साढे १ बजेको लागि आकस्मिक बैठक बोलाएका हुन् । त्यस्तै प्रधानमन्त्री प्रचण्डले विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन
काठमाडौँबाट पोखराको लागि उडेको यति एयरको एटिआर जहाज पोखरा विमानस्थलमा अवतरण हुने बेलामा विमान दुर्घटना भएको थियो अहिले विमानस्थलमा उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ । जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ ।