नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री हुने भएका छन् ।
त्यस्तै राप्रपाबाटै धुव्रबहादुर प्रधान र विक्रम पाण्डे पनि मन्त्री बन्ने भएका छन् । प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र विक्रम पाण्डे सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
त्यस्तै दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बन्ने भएका छन् । राप्रपाले सरकारलाई समर्थन गरे पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लगाएको थिएन । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता साझेदार दलबीचको छलफलमा राप्रपाले ३ मन्त्रालय पाउने टुंगो भएको थियो ।