रास्वपाबाट तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री, को-को बन्दै छन् मन्त्री ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । आज (मंगलबार) बिहान बसेको संसदीय दलको बैठकले २ मात्री र एक राज्यमत्रीको टुंगो लगाएको हो ।

बैठकमा पार्टीका सभापति रवि लामिछानेले डोलप्रसाद अर्याल र शिशिर खनाललाई मन्त्री तथा डा तोसिमा कार्की राज्यमन्त्री बनाउने निर्णय गरेका हुन् । उनले अर्याललाई श्रम र खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् ।



त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्की बन्ने भएकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता साझेदार दलबीचको छलफलमा राप्रपाले रास्वपाले ३ मन्त्रालय पाउने टुंगो भएको थियो । यसअघि उपप्रधान तथा रक्षा मन्त्रीमा रवि लामिछाने सरकारमा सामेल भइसकेका छन् ।

 

सम्बन्धित समाचार