राप्रपा संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाही नियुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्रबहादुर शाहीलाई नियुक्त गरेको छ । पार्टी संसदीय दलको नेता एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले शाहीलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

उपप्रधानमन्त्री लिङ्देनले संसदीय दलको विधान बमोजिम प्रतिनिधिसभा सदस्य शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गर्नुभएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।



प्रमुख सचेतकको मुख्य भूमिका दल र सभामुखबीच समन्वय गरी सदनमा प्रस्तुत हुने एजेण्डाकाबारेमा सहजीकरण गर्नु हो । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा शाही जुम्लाबाट निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार