नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ माघ ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्ष दलको मान्यता प्रदान गर्न माग गरेको छ । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा नेमकिपाले यस्तो माग गरेको हो ।
बैठकमा सभामुखसँग समय लिएर नेमकिपाका सांसद प्रेम सुवालले यस्तो माग गरेका हुन् । सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गरे ।
उनले विपक्षमा उभिएको आफ्नो दलले प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने बताए ।